NT Media. Nepal

You are Watching ---

पछिल्लो समय बलिउड फिल्मी नगरीमा एकपछि अर्को नयाँ फिल्म निर्माणको क्रम व्यापक रुपमा चलीरहेको छ | यसै क्रममा नेपाली चलचित्र नगरीका लिजेण्ड एक्टर सुनिल थापा (राते काइला) अभिनित पछिल्लो बलिउड चाल्चित्र ‘मेरी कोम’ को अफिसियल ट्रेलर सार्बजनिक भएको छ | mary kom आउदो सेप्टेम्बर ५ का दिन बिश्वब्यापी प्रदर्शनको तयारीमा रहेको फिल्मलाई ओमुंग कुमारले निर्देशन गरेका हुन् | भारतकी चर्चित बक्सर मेरी कोमको जीवनीमा आधारित फिल्मलाई संजयलिला बंशालीले निर्माण गरेका हुन् | अभिनेत्री प्रियंका चोपडा,मिनाक्षी कलित्ता,सुनिल थापा,डेनी डेनजोम्पा,शिशिर शर्मा लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्रमा रोहित कुल्करनीले संगीत दिएका छन् |